दफा ३८
कसुर गरेको मानिने
कसैले देहायको काम कारबाही गरे वा गराएमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ:-
(क) दफा ६ बमोजिम लेबलिङ्ग नगरेमा वा लेबलमा झुठा कुरा उल्लेख गरेमा,
(ख) दफा ७,८, ९, १०, ११ वा १२ बमोजिम क्रमशः उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता वा सेवा प्रदायकले आफ्नो दायित्व पूरा नगरेमा वा दायित्वको उल्ङ्गन हुने काम गरेमा,
(ग) दफा १४ बमोजिम बिक्रेताले तोकेको अवधिभित्र सामान फिर्ता नलिएमा वा त्यस्तो मूल्य बराबरको सामान सट्टा नदिएमा,
(घ) दफा १५ बमोजिम बिल बिजक नराखेमा,
(ङ) दफा १६ को उपदफा (२) को खण्ड (क), (छ), (ज) वा
(ठ) बमोजिमको अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराएमा,
(च) दफा १६ को उपदफा (२) को खण्ड (ख), (ग), (घ), (ङ), (च), (ज), (झ), (ट), (ड), (ढ), (त) वा (थ) बमोजिमको अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराएमा,
(छ) दफा १७ को उपदफा (१) वा उपदफा (२) को खण्ड (क) बमोजिमको माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्ने काम गरे वा गराएमा,
(ज) दफा १७ को उपदफा (२) को खण्ड (ख) वा (ग) बमोजिमको काम गरे वा गराएमा,
(झ) दफा १८ विपरीत हुने गरी काम गरे वा गराएमा,
(ज)। दफा १९ को उपदफा (३) विपरीत नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी हुने गरी बिक्री गरे वा गराएमा,
(ट) दफा २० को उपदफा (१) वा (२) बमोजिमको काम नगरेमा,
(ठ)। दफा २१ को उपदफा (१) बमोजिम निर्धारित मापदण्ड विपरीत वस्तु वा सेवाको बिक्री वितरण गरेमा,
(ड) दफा ५४ को उपदफा (२) बमोजिम यस ऐन बमोजिम जाँचबुझ, निरीक्षण वा अनुगमनको क्रममा सहयोग नगरेमा ।